logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

हुम्लामा चुनावी तालमेल गर्ने सत्ता गठबन्धनको निर्णय


अंकुरण खबर
455
Shares

वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धन दलले हुम्लामा चुनावि तालमेल गर्ने भएका छन् ।

हुम्लाका सात गाउँपालिका तथा ती पालिकाका ४४ वडामा गठबन्धनका दलहरुबीच तालमेल हुने भएको हो ।

केन्द्रीय गठबन्धनमा रहेका दलहरूबीच हुम्ला जिल्ला सदरमुकाम सिमकोटमा रहेको बिपि चिन्तन प्रतिष्ठानमा संयुक्त बैठक बसेर मिलेर चुनाव लड्ने निर्णय भएको एकीकृत समाजवादी पार्टीका जिल्ला उपाध्यक्ष तीर्थराज रोकाया बताए ।

कांग्रेस हुम्लाका सभापति मोहनविक्रम सिंहको अध्यक्षतामा बसेको गठबन्धनको बैठकले निर्वाचनमा तीनै दल९कांग्रेस, माओवादी केन्द्र र एकीकत समाजवादी० बीच तालमेल गरेर जाने निर्णय गरेको हो ।

चुनावी अभियानका क्रममा गाउँघरमा कार्यक्रम सञ्चालन गर्दा गठबन्धनलाई असर पर्नेगरी अभिव्यक्ति नदिनेसमेत सहमति पनि भएको कांग्रेस हुम्लाका सभापति सिंहले बताए ।

गठबन्धनको अर्को बैठक २६ चैतमा बस्नेछ ।