logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

खेलकुदलाई चलायमान बनाउँदै मन्त्री अथक


अंकुरण खबर
533
Shares

बाँकेको नेपालगन्ज रंगशालाको स्तरोन्नती हुने भएको छ ।

आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता सम्पन्न भएयता अलपत्र अवस्थामा रहेको नेपालगन्ज रंगशालामा सेन्थेटिक ट्रयाक निर्माणको ढोका खुलेको छ ।

युवा तथा खेलकुद मन्त्रालयको विशेष पहलमा अर्थ मन्त्रालयले सेन्थेटिक ट्रयाक निर्माणका लागि बजेटको स्रोत सुनिश्चित गरेसँगै रंगशालाको स्तरोन्नती हुने भएको हो ।

चालु आर्थिक वर्षभित्रै सेन्थेटिक ट्रयाक निर्माणको ठेक्का खोल्न मिल्ने गरी अर्थ मन्त्रालयले १३ करोड ८५ लाख बजेटको स्रोत शुनिश्चित गरेको हो । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले मन्त्री पद सम्हालेदेखी नै नेपालगन्ज रंगशालाको अधुरो काम पुरा गर्ने प्रतिवद्धता जनाउँदै आएका थिए ।

रंगशालामा सेन्थेटिक ट्रयाकका साथै फ्लड लाईट जडानका लागि पहल गर्दै आएका मन्त्री अथकले चालु आर्थिक वर्ष भित्रै निर्माण कार्य सुरु हुने गरी सेन्थेटिक ट्रयाककालागि बजेट शुनिश्चित गराएका हुन् ।

आठौं राष्ट्रिय खेलकुदका क्रममा निर्माण थालिएको रंगशाला समय अभावको कारण देखाउँदै अधुरै छाडिएको थियो । रनिङ ट्रयाक (सेन्थेटिक ट्रयाक) निर्माण, फ्लड लाईट जडान लगाएतका महत्वपूर्ण काम बाँकी रहेको उक्त रंगशाला अहिले पनि अपुरो अवस्थामा रहेको छ । बजेटको स्रोत सुनिश्चित भएसँगै नेपालगन्ज रंगशाला स्तरोन्नतीको प्रक्रिया सुरु भएको छ ।