logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नवनियुक्त कानुनमन्त्री शर्माले राष्ट्रपतिबाट लिए शपथ


अंकुरण खबर
1.092K
Shares

राष्ट्रपति विद्यादेवी भण्डारीबाट नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द शर्मा कोइराला (गोविन्द बन्दी) ले आज पद तथा गोपनीयताको शपथ लिएका छन् ।

राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीले मन्त्री कोइरालालाई शपथ गराइएको हो । प्रधानमन्त्री देउवाको सिफारिसमा उनी आजै मन्त्रीमा नियुक्त भएको हुन् ।

समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, संवैधानिक निकायका प्रमुखलगायत विशिष्ट पदाधिकारीको उपस्थिति रहेको थियो ।