logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

उदाउँदो सूर्यलाई अर्घ दिएर चैते छठ समापन


अंकुरण खबर
663
Shares

चार दिन मनाइने चैते छठ पर्व उदाउँदो सूर्यलाई अर्घ दिएर शुक्रबार बिहान सम्पन्न भएको छ ।

परिवारका सबै सदस्य मिलेर उदाउँदो सूर्यलाई गाईको दूधको अर्घ दिएर सम्पन्न गरिएको हो ।

छठको पहिलो दिन नुहाई खाई, दोस्रो दिन खरना, तेस्रो दिन अस्ताउँदो सूर्यलाई अर्घ र अन्तिम दिन उदाउँदो सूर्यलाई अर्घ दिएर मनाउने गरिन्छ । पहिले छठ चैत महिनामा मनाउने प्रचलन रहेकोले भाकल हुनेले अहिले पनि यस पर्वमा यस पूजालाई निरन्तरता दिएका छन् ।

‘छठ कठोर व्रत भए पनि वर्षको दुई पटक मनाउँदै आएका छौँ,’ व्रतालु मिनु गुप्ताले भनिन्, ‘मेरो ससुरा सिकिस्त बिरामी भएको बेला चैतमा पनि छठ गर्ने सासुले भाकल गरेको चार पाँच दिनमै निक‍ो भएपछि ३५ वर्षदेखि कात्तिक र चैतमा वर्षको दुई पटक छठ पूजा हुँदै आएको छ।’

उनकी सासुक‍ो मनोकामना पूरा भएपछि चैतमा पनि छठ गर्न थालेपछि हामीले मागे जति पूरा भएको उनले बताइन् ।