logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आईपीएलमा गुजरातको लगातार तेस्रो जित


अंकुरण खबर
702
Shares

 

पन्जाब किङसलाई ६ विकेटले हराउँदै गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग (आईपीएल) टी-२० क्रिकेटमा लगातार तेस्रो जित निकालेको छ ।

मुम्बईमा शुक्रबार राति पन्जाबले दिएको १९० रनको लक्ष्य गुजरातले २० ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍यो । गुजरातको जितमा सुबमन गिलले सर्वाधिक ९६ रन बनाए । पन्जाबका कागिसो राबडाले २ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको पन्जाबले २० ओभरमा ९ विकेट गुमाएर १८९ रन बनाएको थियो । पन्जाबका लियाम लिभिङस्टोनले सर्वाधिक ६४ रन बनाए । गुजरातका राशिद खानले ३ विकेट लिए ।

जितसँगै गुजरात ३ खेलमा ६ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । पन्जाब ४ खेलमा २ अंक जोडेर छैटौं स्थानमा छ ।