logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

डडेल्धुरामा एमाले वडा कमिटी पदाधिकारी एकीकृत समाजवादीमा प्रवेश


अंकुरण खबर
884
Shares

डडेल्धुराको अमरगढी नगरपालिका–२ को एमाले वडा कमिटीका पदाधिकारीसहित सदस्यहरु नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् ।

वडा कमिटी अध्यक्ष सागर भण्डारी र उपाध्यक्ष दानबहादुर सार्कीसहितको कमिटीका सदस्यहरू नेकपा समाजवादीमा प्रवेश गरेको एकीकृत समाजवादी सुदुरपश्चिम प्रदेश कमिटी सदस्य सकुन्तला नगरकोटीले जानकारी दिइन्।

उनले एमाले अमरगढी नगर कमिटी सचिव लक्ष्मी खडायत र अमरगढी नगर कमिटी सदस्य मोहित बुढाऐरसहित समाजसेवी प्रेमराज पन्त समेत नेकपा समाजवादीमा प्रवेश गरेको जानकारी दिइन्।