logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पोखराको मेयर, उपमेयर सिफारिस गर्नका लागि मतदान गर्दै एमाले


अंकुरण खबर
806
Shares

नेकपा एमाले पोखरा नगर कमिटीले मेयर र उपमेयरको नाम सिफारिस गर्न आज मतदान गर्ने भएको छ।

वैशाख ३० मा हुने स्थानीय चुनावका लागि पार्टीबाट मेयर र उपमेयर पदमा आकांक्षी धेरै भएपछि आन्तरिक चुनाव गरेर नाम सिफारिस गर्न लागेको हो ।

जसका लागि आज मध्यान्ह १२ बजेदेखि दिउँसो १ बजेसम्म मतदानका लागि समय दिइएको छ। इच्छुकले उम्मेदवारी दिँदा दस्तुर तीन हजार लाग्नेछ। निर्वाचन कार्यतालिका नै बनाएर एमाले नगर कमिटीले मतदान गर्न लागेको हो। बिहीबार अपरान्ह ५ बजेदेखि निर्वाचन प्रक्रिया सुरू गरिएको थियो।

आज उम्मेदवारको मनोनयन र मतदान हुने बताईएको छ । एमालेले धेरै आकांक्षी भएका ठाउँमा मतदानबाट उम्मेदवार छान्दै आएको छ। धेरै मत ल्याउनेहरूको नाम मेयर र उपमेयरमा सिफारिस गर्ने तयारी छ।