logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सहमति बन्न नसकेको अवस्थामा पाँच दलीय गठबन्धन भित्रै मित्रवत प्रतिस्पर्धा गर्ने


अंकुरण खबर
1.443K
Shares

सत्तारुढ दलहरुले यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सहमति बन्न नसकेको अवस्थामा पाँच दलीय गठबन्धन भित्र मित्रवत प्रतिस्पर्धा गर्ने जनाएका छन् ।

पाँच दलले बुधबार ६ वटा महानगरपालिका र ११ वटा उप–महानगरपालिकामा भागबण्डा मिलाई जारी गरेको विज्ञप्तीमा उक्त कुरा उल्लेख गरिएको छ ।

नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले आज ६ वटा महानगरपालिका र ११ वटा उप–महानगरपालिकाको भागबण्डा मिलाएका हुन् ।

‘पाँच दलीय गठबन्धनले यसअघि जारी गरेको मापदण्ड, सहमतिको मर्म र भावना अनुरुप सम्बन्धित समितिहरुको बैठक बसी अविलम्व सिट बाँडफाँट तथा उम्मेदवारहरुको चयन गर्न निर्देश गरिन्छ । साथै, सहमति बन्न नसकेको अवस्थामा पाँच दलीय गठबन्ध भित्रै मित्रवत प्रतिस्पर्धा गर्न सकिने समेत समझदारी भयो,’ पाँच दलले आज जारी गरेको विज्ञप्तिमा भनिएको छ ।