स्टार फुटबलर क्रिस्टियानो रोनाल्डो नयाँ छोरीका साथ घर फर्किएका छन्।
बिहिबार राति उनले सोसियल मिडियामा तस्विर सार्वजनिक गर्दै नवजात छोरीका साथ अस्पतालबाट घर फर्किएका जनाएका छन्।
प्रेमिका जोर्जिना रोड्रिगेजले जुम्ल्याहा बच्चालाई जन्म दिने क्रममा रोनाल्डोको छोराको भने निधन भएको थियो। जसका कारण उनी केहि दिन छुट्टीमा पनि बसेका थिए।
रोनाल्डोले २०२१ को अक्टोबरमा आफु जुम्ल्याहा बच्चाको बुबा बन्न लागेको बताएका थिए। तर सोमबार उनले जुम्ल्याहामा एक बच्चाको निधन भएको र त्यो छोरा रहेको जनाएका थिए।