logo
  • सोमवार, कार्तिक १७, २०८३ / Monday, Nov, 02 ,2026

युनाइटेडलाई हराउँदै आर्सनल शीर्ष चारमा


अंकुरण खबर
975
Shares

म्यानचेस्टर युनाइटेडलाई ३-१ अन्तरले पराजित गर्दै लन्डन क्लब आर्सनलले इंग्लिस प्रिमियर लिगमा शीर्ष चारको सम्भावना कायम राखेको छ ।

शनिबार साँझ घरेलु मैदान इमिरेट्स स्टेडियममा आर्सनलको  जितमा नुनो टाभारेस, बुकायो साका र ग्रानिट जाकाले गोल गरे ।

युनाइटेडका लागि क्रिस्टियानो रोनाल्डोले एक गोल फर्काए । ब्रुनो फर्नाण्डेजले भने पाएको पेनाल्टी सदुपयोग गर्न सकेनन् ।

जितसँगै आर्सनल ३३ खेलबाट ६० अंक जोड्दै  शीर्ष चार भित्र रहेको छ ।  शीर्ष चारमा रहेर लिग टुंगाए आर्सनल आगामी च्याम्पियन्स लिगमा छनोट हुनेछ ।

एक खेल बढी खेलेको युनाइटेड ५४ अंक जोडेर छैटौं स्थानमा  छ ।