logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सकियो आठौँ सम्पदा साइकल यात्रा


अंकुरण खबर
1.105K
Shares

टुर दि लुम्बिनी फाउन्डेसनको आयोजनामा काठमाडौं उपत्यकामा रहेका सातवटा विश्व सम्पदा स्थललाई जोड्ने सम्पदा साइकल यात्रा  सम्पन्न भएको छ ।

करिब तीन सय साइकल यात्री सहभागी रहेको साइकल यात्रा  बसन्तपुर दरबार क्षेत्रबाट शुरू भएको थियो । त्यहाँबाट स्वयम्भु, पशुपतिनाथ, बौद्ध, चांगुनारायण, भक्तपुर दरबार क्षेत्र हुँदै पाटन दरबार क्षेत्रमा समापन भएको थियो ।

बौद्ध स्टुपाको परिक्रमा पश्चात मुलपानी चांगुनारायणदेखि साइकल कनेक्ट भक्तपुरको टोलीले पथप्रदर्शकको भूमिका निर्वाह गरेको थियो । त्यसपछि यात्रा भक्तपुरको देकोचा, कमलविनायक, सूर्यमढी, दत्तात्रय, टौमढी  हुँदै भक्तपुर दरबार क्षेत्रमा पुगेको थियो ।

प्रदुषणका कारण अरू क्षेत्रसगँसगैँ मानव सभ्यताको चिनारीको रूपमा रहेका विश्व सम्पदाहरूमा परेको असरलाई न्यूनीकरण गर्न नीतिगत तह र स्थलगत तहमा विभिन्न कार्यक्रममा जोड दिनुपर्ने विषयमा सहभागीहरूले आफ्नो विचार पेश गरेका थिए ।