logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

एमालेबाट मुस्ताङमा उम्मेद्वार टुंगिए


अंकुरण खबर
1.287K
Shares

नेकपा एमालेले मुस्ताङका सबै पालिकामा उम्मेद्वार टुंग्याएको छ ।

सर्वसम्मत सिफारिस भएका सबै उम्मेद्वार प्रदेश कमिटीले अनुमोदन गरेको हो ।

मुस्ताङमा पाँच पालिका छ । बारागुङ मुक्ति क्षेत्र गाउँपालिकाको अध्यक्षमा रिन्जिन गुरुङ र उपाध्यक्षमा दिकी गुरुङले टिकट पाएका छन् ।

लो घेकर दामोदरकुण्ड गाउँपालिकाको अध्यक्षमा लोप्साङ छोम्पेल विष्ट र उपाध्यक्षमा छिरिङ ल्हामो गुरुङ उम्मेद्वार बने । विष्टले दोहोर्‍याएका हुन् भने गुरुङ जिल्ला समन्वय समिति प्रमुखबाट राजीनामा दिएर पालिका रोजेकी हुन् ।

लोमान्थाङको अध्यक्षमा टसीनुर्वु गुरुङ र उपाध्यक्षमा छिमी विष्ट, थासाङको अध्यक्षमा प्रदीप गौचन र उपाध्यक्षमा सुमिता शेर्पा उम्मेद्वार भए । यस्तै, घरपझोङको अध्यक्षमा सन्जयकुमार थकाली र उपाध्यक्षमा मिमकुमारी शेरचनले टिकट पाए ।

यसअघि मुस्ताङमा दुई पालिका कांग्रेस, दुई पालिका एमाले र एउटा स्वतन्त्र उम्मेद्वारले जितेका थिए । स्वतन्त्र उम्मेद्वारपछि एमाले प्रवेश गरेका हुन् ।