सप्तरी जिल्लाको छिन्नमस्ता गाउँपालिकाको निवर्तमान अध्यक्ष सूर्यनारायण मण्डल (कुरुर) ले सोमबार गाउँपािलको अध्यक्ष पदका लागि नेपाल सद्भावना पार्टीबाट मनोनयन दर्ता गराएका छन् ।
२०७४ सालको चुनाव तत्कालिन नयाँ शक्तिबाट विजय भएका मण्डल दल समायोजनपछि जसपामा प्रवेश भएका थिए । जसपामा टिकट नपाएपछि उनले नेपाल सद्भावना पार्टीबाट मनोनयन दर्ता गराएका हुन्।