logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

फेरि कांग्रेससँग तालमेल गर्ने मल्लको संकेत


अंकुरण खबर
611
Shares

नेपाली कांग्रेस डडेल्धुराका पूर्व जिल्ला सभापति कर्णबहादुर मल्लले कांग्रेससँग तालमेल हुन सक्ने संकेत गरेका छन् ।

बिहीबार जिल्ला सदरमुकाममा पत्रकार सम्मेलन गर्दै उनले करूवा र रूख चुनाव चिह्नबीच तालमेल हुन सक्ने संकेत गरेका हुन् ।

शेरबहादुर देउवाले मिलेर जाउँ भनेपछि एमालेसँगको गठबन्धन के हुन्छ ? भन्ने पत्रकारको प्रश्नमा जवाफ दिँदै मल्लले करूवा र रूख चुनाव चिह्नबीच तालमेल गराए स्वीकार्य हुने बताएका हुन् ।

उनले आफूहरूको बटमलाइन अमरगढीको मेयर हरि भट्ट रहेको समेत बताए। मल्लको यो भनाइले मल्लपक्षसँग गठबन्धन गरेको एमालेलाई सकस पर्ने भएको छ । दुई भागमा बाँडिएको कांग्रेस डडेल्धुराको मल्ल पक्षले नेकपा एमालेसँग चुनावी तालमेल गरेको छ ।

पहिलैदेखि रुष्ट बनेको मल्ल समूहले कांग्रेस बिपीबाट उम्मेदवारी दिएर एमालेसँग गठबन्धन गरेको थियो । जसअनुसार दुबै पक्षले तालमेल गरेर जिल्लाका ७ वटै स्थानीय तहमा चुनावी तालमेल गर्न निर्णयसँगै उम्मेदवारी दिएका छन् ।