logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

विकेशले राष्ट्रिय टिमको प्रशिक्षणमा सहभागिता नजनाउने


अंकुरण खबर
2.444K
Shares

नेपाली राष्ट्रिय फुटबल टोलीका सदस्य विकेश कुथुले  शुक्रबार सामाजिक सञ्जालमार्फत आफू पीडित खेलाडीहरुको पक्षमा रहेको बताउँदै राष्ट्रिय टोलीको प्रशिक्षणमा सहभागी नहुने जनाएका छन् ।

यसअघि ११ खेलाडीले स्पष्टीकरण दिन गरिएको पत्रकार सम्मेलनमा सहभागिता जनाएका कुथुले आफू फिट हुँदा हुँदै मिडियामा बोलेको आधारमा टिमबाट निकालेको बताउदै  खेलाडीको पक्षमा उभिने जनाए ।

‘हाल राष्ट्रिय टोलिमा भएको घटनाक्रम मलाई पूर्ण रुपमा अवगत भएको र खेलाडी साथीहरुमा पर्न गएको मर्का मैले बुझेको छु । साथै विगतमा म पूर्ण रुपमा फिट हुँदाहुँदै पनि मलाई मिडियामा बोलेको भनेर आरोप लगाउँदै राष्ट्रिय टिमबाट अलग गरिएको घटना यथावत नै छ । तसर्थ म मेरो राष्ट्र र राष्ट्रिय टिमको सम्मान गर्दै यसपटक राष्ट्रका लागि सदा डटिरहने खेलाडी साथिहरुको जायज माग प्रति समर्थन जनाउँदै राष्ट्रिय टिमको प्रशिक्षणमा सहभागी हुन असमर्थ रहेको जानकारी गराउँदछु । म र हामीभन्दा माथि हाम्रो राष्ट्र,’ विकेशले सामाजिक सञ्जालमा लेखेका छन् ।