logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पटक-पटक स्थगित सिन्धुलीको चुनाब एन्फामै हुने


अंकुरण खबर
806
Shares

पटक-पटक विवादका कारण स्थगित जिल्ला फुटबल संघ सिन्धुलीको चुनाव अखिल नेपाल फुटबल संघ (एन्फा) ले सातदोबाटो स्थित आफ्नै परिसरमा गर्न निर्देशन दिएको छ ।

स्थानीय विवादका कारण तोकिएको समयमा हुन नसकेपछि २२ वैशाखमा हुने भएको हो ।

यसअघि एन्फाले १० गतेसम्म सम्पूर्ण जिल्ला निर्वाचन गर्न निर्देशन दिएको थियो । तर, उक्त समय सीमामा चुनाव हुन नसकेपछि चुनाव १८ गतेका लागि सरेको थियो ।

तर, त्यो समयमा समेत नभएपछि एन्फाले पुनः मिति तोकेको हो । एन्फा महासविच इन्द्रमान तुलाधरले पत्र काट्दै २२ गते बिहान १० बजे चुनाब गर्न निर्देशन दिएका हुन् ।

यस्तै, निर्वाचनमा सहभागी हुन आउने–जाने क्रममा लाग्ने सम्पूर्ण खर्च सहभागी स्वयंमले व्यहोर्नु पर्नेसमेत बताइएको छ ।

यसअघि एन्फाको ४८ सदस्य जिल्लामध्ये ४५ मा चुनाब भएको छ भने विवादकै कारण तीन जिल्लाको हुन सकेको छैन । एन्फा चुनावमा ४५ जिल्लाले मताधिकार पाउनेछन् ।

एन्फाको आगामी चुनाव ६ असारमा हुँदै छ ।