logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

ईश्वर पोखरेलको नेतृत्वमा काठमाडौँ महानगरमा एमालेको चुनावी प्रचार–प्रसार अभियान


अंकुरण खबर
1.716K
Shares

नेकपा (एमाले)ले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको नेतृत्वमा काठमाडौँ महानगरपालिकाको चुनावी प्रचार–प्रसार अभियानलाई तिव्रता दिने भएको छ ।

अझ सशक्त रुपमा चुनावी प्रचार–प्रसारलाई तीव्रता दिदै मेयर–उपमेयरसहित ३२ वटै वडाका सबै उम्मेदवारलाई विजयी गराउन आफुले नेतृत्व समालेको वरिष्ठ उपाध्यक्ष पोखरेलको भनाई छ ।

पोखरेलले महानगरका सबै वडाको अवस्था बुझी आजैबाट समय सापेक्ष चुनावी प्रचार–प्रसारमा थप सक्रियताका साथ लाग्न र जनतामाझ जान पार्टीका सबैलाई आग्रह गरेका छन् ।