logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

चुनावी सभालाई सम्बाेधन गर्न आज विराटनगर जाँदै प्रधानमन्त्री देउवा, यस्ताेछ कांग्रेसकाे साताव्यापी सेड्युल


अंकुरण खबर
2.08K
Shares

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा चुनावी सभालाई सम्बाेधन गर्न आज मोरङको विराटनगर  जाँदैछन्।

विराटनगर महानगरपालिकामा गठबन्धनबाट कांग्रेसका नागेश कोइराला मेयरका उम्मेदवार छन् । चुनावी सभालाई प्रधानमन्त्री देउवासँगै वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री विश्वप्रकाश शर्मालगायतले सम्बोधन गर्ने कार्यक्रम छ ।

कांग्रेसले साताव्यापी चुनावी आमसभा आजबाट सुरु गर्न लागेकाे हाे । कांग्रेसले देशका प्रमुख १० सहरमा साताव्यापी चुनावी सभा आयोजना गर्दैछ ।

चुनावी सभालाई सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापा, प्रवक्ता  प्रकाशशरण महत लगायतका नेताहरुले सम्बोधन गर्नेछन् ।

कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख भएअनुसार कहाँकहाँ हुँदैछ सभा ? 

वैशाख २२ गते -चितवनको भरतपुरमा

वैशाख २३ गते- काठमाडौंमा

वैशाख २४ गते- रुपन्देहीको बुटवलमा

वैशाख २४ गते- तनहुँको दमौली र धनुषाको जनकपुरमा

वैशाख २५ गते- कास्कीको पोखरा र दाङको तुलसीपुरमा

वैशाख २६ गते- कैलालको धनगढीमा

वैशाख २७ गते- डडेल्धुरामा