टी0-२० श्रृङ्खलाअन्तर्गत आज नेपाल र जिम्बाबेबीच तेस्रो खेल हुँदै छ।
आज दिउसो १ बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपाल र जिम्बाबेको खेल हुनेछ। पहिलो खेलमा नेपाल ६ विकेटले पराजित भएको थियो।
त्यस्तै, दोस्रो खेल वर्षाले अवरुद्ध भएको थियो। पहिले ब्याटिङ गरेको जिम्माबेले ४।३ ओभरमा दुई विकेट गुमाएर ४८ रन बनाउँदा पानीले खेल अवरुद्ध भएको थियो।
नेपालले आईसीसी विश्वकप लि-२0 अन्तर्गत अमेरिकामा हुने त्रिकोणात्मक एकदिवसीय सिरिजको तयारीका लागि जिम्बाबेसँग खेलिरहेको छ।