logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सिटीलाई हराउँदै म्याड्रिड च्याम्पियन्स लिगको फाइनलमा


अंकुरण खबर
1.196K
Shares

स्पेनिस क्लब रियल म्याड्रिडले युइएफए च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ।

दोस्रो लेगमा ब्राजिली फरवार्ड रोड्रिगोले दुई तथा करिम बेन्जेमाले एक गोल गरे। सिटीका लागि रियाद महारेजले एक गोल गरेका थिए।

खेलको ७३औं मिनेटमा महारेजले गोल गर्दै सिटीलाई दोस्रो लेगमा १–० को अग्रता दिलाए। तर, त्यसपछि खेलको दोस्रो हाफमा मैदान प्रवेश गरेका रोड्रिगोले ९०औं मिनेटमा गोल गर्दै जितको सम्भावना कायमै राखे। त्यसको एक मिनेटपछि नै रोड्रिगोले व्यक्तिगत दोस्रो गोल गर्दै रियललाई बराबरीमा ल्याए।

त्यसपछि अतिरिक्त समयको पाँचौ मिनेटमा कप्तान बेन्जेमाले पेनाल्टीमा गोल गर्दै रियललाई समग्रमा ६–५ को जित दिलाए। अब रियलले उपाधिका २९ मे मा इंग्लिस क्लब लिभरपुलको सामना गर्नेछ।