logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सत्ता गठबन्धनको कुनै गन्तव्य नभएको : ओली


अंकुरण खबर
1.118K
Shares

बिहीबार कैलालीको बौनियामा चुनावी सभालाई सम्बोधन गर्दै ओलीले भने, ‘कुनै गन्तव्य नभएको गठबन्धन खाली सरकारमा पुग्ने र आफ्ना मान्छेलाई उद्धार गर्ने, व्यवस्थापन गर्ने, नातागोता आफन्तको व्यवस्थापन बाँडीचुँडी खान बनेको हो।’

उनले भने, गठबन्धन कमिसन र भ्रष्टाचारको अभियान चलाउन आएको र यसको कुनै उद्देश्य नभएको ओलीको आरोप थियो। ‘कांग्रेसको घोषणापत्रमा धरहरा, रानीपोखरी, दरबार हाइस्कुल, ऐतिहासिक सम्पदा धरोहरहरु बनाएकोमा विरोध गरेको छ।

भूकम्पपछि सात भवनहरु पुनर्निर्माण गरेकोमा विरोध गरेको छ,एमाले विकास गर्ने, बाटो बनाउने, भौतिक पूर्वाधार निर्माण गर्ने पार्टी भएको उनको भनाइ थियो। ‘विभिन्न कार्यक्रम ल्यायौं। विकास देखिनुपर्छ घोषणापत्रमा,’ उनले भने।

गठबन्धनको एमालेलाई गाली गर्नुबाहेक नीति कार्यक्रम केही नभएको उल्लेख गर्दै ओलीले एमाले गाली कम्पिटिसन होइन देश बनाउने काममा लागेको उनको भनाइ थियो।