कडा मिहिनेत र परिश्रमले जस्तासुकै समस्याका पहाड सजिलै पार गरि सफलता हात पार्न गर्न सकिन्छ भन्ने उदाहरण धेरै छन् । यस्तै उदाहरण मध्ये एक हुन् कन्चन बास्तोला ।
सानैदेखि लगनशील कञ्चन सोलुखुम्बुमा जन्मिएकी हुन् । सामान्य परिवारमा हुर्किएकी कञ्चन सुन्दर भविष्यको लागि २०४५ सालमा सपनाको सहरकाठमाडौं प्रवेश गरेसँगै जीवमा आरोह अबरोह धेरै पार गरिन् ।
चुनौतिसंग जुध्ने क्षमता भएकी उनी सधै केही नयाँ ग¥यौ भन्ने सोच राख्थिन । यस्तै व्यावहारका कारण उनले आफुले पाएका जिम्मेवारी सबै सफलताका साथ पुरा गरेकी छन् । गीतसंगितको साथै साहित्य लेखनमा समेत रुची भएकी कञ्चन समाजकी उनुकरणीय पात्र हुन् ।
२०५४ सालदेखि नेकपा एमालेको साधारण सदस्य बनीकी कञ्चन, २०६२ सालदेखि संगठित सदस्यता प्राप्त गरेसँगै टोल कमिटी, एरिया कमिटी र २ कार्यकाल वडा कमिटी, अनेमसंघको वडा क्षेत्र हुँदै हाल जिल्ला सदस्यमा कृयाशील छन् ।
काठमाडौं बु.न.पा. वार्ड नम्बर ११ मा समाजसेवीको छवि बनाएकी कञ्चन अहिलेको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट बु. न. पा. ११को वडा सदस्यको उम्मेदवार बनेकी छिन् ।
कञ्चन अहिले एमालेको टीम सहित घरदैलो अभियानमा सक्रिय छिन् । जनताका दुख सुखमा साथ दिदै आएकाले अहिले जनताबाट पाएको माया, सद्भाव र आशिर्वादका कारण आफु निर्वाचित हुनेका कञ्चन विश्वस्त छिन् ।
