logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

रेणु दाहालप्रति भरतपुर महानगरपालिकाको मेयरमा एमालेका उम्मेदवारको कटाक्ष– शिलान्यास गरेर पुरा गरेको परियोजा एउटै छैन


अंकुरण खबर
3.133K
Shares

भरतपुर महानगरपालिकाको मेयरमा नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले भरतपुरको मेयर बनेपछि रेणु दाहालले एउटै परियोजनालाई पूर्णता दिन नसकेको आरोप लगाएका छन् ।

भरतपुरमा आइतबार आयोजना गरिएको चुनावी सभालाई सम्बोधन गर्दै उनले भरतपुरको व्यवस्थित विकास गर्नबाट दाहाल चुकेको समेत बताए ।

‘भरतपुरमा व्यवस्थीत विकासको सुरुवात भएन । महानगर प्रमुख (रेणु दाहाल)ले आफैले शिलान्यास गरेर पुरा गरेको परियोजना एउटा पनि छैन । केही परियोजना शिलान्यास भएको छ तर व्यवस्थित छैन,’ सुवेदीले भने ।

भरतपुर क्षेत्रमा एकसाथ विकास गर्नुपर्ने उनले बताउ । बसोबास बढ्दै जाँदा भरतपुर टुक्रिदै गएकोमा उनले चिन्ता व्यक्त गरे । व्यवस्थित योजना बिना विकास अघि बढाउँदा भोलीका दिनमा काठमाडौंले भोगेको नियती भरतपुरले भोग्नुपर्ने उनले जनाए ।

‘अब हामीले ५० वर्ष पछिको सोचेर भरतपुरको व्यवस्थित विकास गर्नुपर्छ । भरतपुरलाई सुरक्षित सहर बनाउनु पर्छ । नेपालको नमुना सहर बनाउन सकिन्छ,’ उनले भने ।

आफूले जिते भरतपुरवासीले गौरव गर्न लायक भरतपुर बनाउने दाबी उनले गरे ।