logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कांग्रेसका नेताहरूले प्रधानमन्त्री पदका लागि पार्टी सिध्याउन लागे : केपी ओली


अंकुरण खबर
1.105K
Shares

नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेसका नेताहरूले प्रधानमन्त्री पदका लागि पार्टी सिध्याउन लागेको बताएका छन् । नेकपा एमाले चितवनले आइतबार आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै ओलीले कांग्रेसका कार्यकर्ताप्रति सहानुभूति प्रकट गरे ।

जिन्दगीभर कांग्रेस भनेर हिंडेका कार्यकर्ताहरुको मन रोएको भन्दै उनले देश बनाउने अभियानमा लागेको एमालेमा आउन आग्रह गरे ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले धम्काएर जनतासँग भोट मागेको भन्दै ओलीले प्रचण्डको छोरीलाई भोट नदिएर कुनै दुर्घटना नहुने गठबन्धन मात्र हार्ने बताए ।

प्रचण्डको धम्काउने बानी अझै नगएको उनकाे भनाइ छ ।