logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

अग्रता जोगाउन नसक्दा पीएसजी रोकियो


अंकुरण खबर
1.924K
Shares

फ्रेन्च लिग वान च्याम्पियन बनिसकेको पेरिस सेन्ट जर्मेन (पीएसजी) आइतबार राति भएको खेलमा २-० को अग्रता जोगाउन नसक्दा ट्रोएससंग २-२ गोलको बराबरीमा रोकिएको छ । पिएसजीले घरेलु मैदान पार्क प्रीन्सेसमा भएको खेलमा मार्किन्होस र नेयमारले गोल गर्दा २-० को अग्रता बनाएको थियो ।

तर ट्रोएसका इके उग्वो र फ्लोरिएन टारडिउले गोल फर्कापछि दुबै टोली अंक बाढ्न बाध्य भए । बराबरीसँगै पीएसजीको ३६ खेलबाट ८० अंक छ । ट्रोएस ३७ अंक जोडेर १५औं स्थानमा छ ।