logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

लिभरपुलले हरायो एस्टन भिल्लालाई


अंकुरण खबर
1.079K
Shares

एक गोलले पछि परेको स्थितिलाई उल्टाउदै इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले एस्टन भिल्लालाई २-१ अन्तरले पराजित गरेको छ ।

मंगलबार भिल्ला मैदानमा लिभरपुलले पुनरागमन जित निकालेको हो । जितसँगै लिभरपुलले उपाधि होड कायमै राखेको छ ।

लिभरपुलको जितमा जोएल माटिप र साडियो मानेले १-१ गोल गरे । घरेलु टोलीका डुगलस लुइजको गोल सान्त्वना बन्यो ।

जितपछि लिभरपुल ३६ खेलबाट ८६ अंकसहित दोस्रो स्थानमा छ ।

एक खेल कम खेलेको म्यानचेस्टर सिटीको समान अंक भएपनि शीर्ष स्थानमा छ । भिल्ला ४३ अंक जोडेर ११औं स्थानमा छ ।