logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

रियल मड्रिडको जितमा भिनिसियसको: ह्याट्रिक आईपीएलमा मुम्बईको तेस्रो जित


अंकुरण खबर
962
Shares

युवा फरवार्ड भिनिसियस जुनियरको ह्याट्रिक मद्दतमा स्पेनिस ला लिगा अन्तर्गत बिहीबार राति भएको खेलमा रियल मड्रिडले लेभान्टेलाई ६-० अन्तरले पराजित गरेको छ ।

घरेलु मैदान सान्टियागो बर्नबेउमा रियलको जितमा भिनिसियसले ह्याटि्रक गर्दा फर्लान्ड मेन्डी, करिम बेन्जेमा र रोड्रिगोले  १-१  गोल गरे ।

यसअघि नै च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको रियलले ला लिगाको समेत उपाधि जितिसकेको छ ।

रियल म्यड्रिड ४६ खेलबाट ८४ अंक सहित शीर्ष स्थानमा छ । पराजित लेभान्टे २९ अंक जोडेर पुछारमा छ ।

 

चेन्‍नई सुपर किङसलाई ५ विकेटले हराउँदै इन्डियन प्रिमियर लिग (आईपीएल) टी-२० क्रिकेट प्रतियोगितामा मुम्बई इण्डियन्सले तेस्रो जित निकालेको छ ।

बिहीबार राति चेन्‍नईले दिएको ९८ रनको लक्ष्य मुम्बईले १४ ओभर ५ बलमा ५ विकेट गुमाएर पूरा गरेकाे हाे ।

मुम्बईको जितमा तिलक वर्माले सर्वाधिक ३४ रन बनाए । चेन्‍नईका मुकेश चौधरीले ३ विकेट लिए ।

त्यसअघि मुम्बईमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको चेन्‍नईले १६ ओभरमा सवै विकेट गुमाउँदै ९७ रन बनाएको थियो ।

चेन्‍नईका कप्तान महेन्द्र सिंह धोनीले सर्वाधिक ३६ रन बनाए । मुम्बईका डानिल साम्सले ३ विकेट लिए ।

जितसँगै मुम्बईले १२ खेलमा ६ अंक जोडेर पुछारमा छ । चेन्‍नई १२ खेलबाट ८ अंक जोडेर नवौं स्थानमा  छ ।