logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

अन्तिम खेलमा बायर्न रोकियो, लेवान्डोस्की उच्च गोलकर्ता


अंकुरण खबर
572
Shares

जर्मन बुन्डेसलिगा च्याम्पियन बायर्न म्युनिख शनिबार राति भएको लिगको अन्तिम खेलमा उल्फ्सवर्गसँग २-२ गोलको बराबरीमा रोकिएको छ ।उल्फ्सवर्गको घरेलु मैदानमा सुरुवाती दुई गोलको अग्रता जोगाउन नसक्दा तीन खेल अघि नै उपाधि जितिसकेको बायर्न बराबरीमा रोकिएको हो ।

खेलको १७औं मिनेटमा जोसिपले  गोल गर्दै बायर्नलाई सुरुआती अग्रता दिलाए । ४०औं मिनेटमा रोबर्ट लेवान्डोस्कीले गोल गर्दै बायर्नलाई २-० को स्थितिमा पुर्‍याए ।

तर, पहिलो हाफको अन्तिम समयमा जोनास विन्डले गोल गर्दै  घरेलु टोलीलाई २-१ को अवस्थामा ल्याए ।  ५८ औं मिनेटमा म्याक्स क्रुसले गोल  गर्दा खेल २-२ को स्थितिमा आयो ।

बराबरीसँगै बायर्नले ३४ खेलबाट ७७ अंक जोडेर सिजनको अन्त्य गरेको छ । उल्फ्सवर्ग ४२ अंक जोडेर १२औं स्थानमा रह्यो ।

बायर्न म्युनिखका फरवार्ड रोबर्ट लेवान्डोस्की ३५ गोल गर्दै जर्मन बुन्डेसलिगा २०२१-२२ सिजनको उच्च गोलकर्ता बने । अन्तिम खेलमा एक गोल गरेका पोलिस फरवार्ड लगातार पाचौं सिजन उच्च गोलकर्ता बनेका हुन् । समग्रमा उनी सातौ पटक उच्च गोलकर्ता बने ।