logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पीएसजीको जितमा मेस्सीको दुई गोल


अंकुरण खबर
1.144K
Shares

स्टार खेलाडी लियोनेल मेस्सीको दुई गोल मद्दतमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वान अन्तर्गत शनिबार राति भएको खेलमा मोन्टपेलिएरलाई ४-० अन्तरले पराजित गरेको छ ।

घरेलु टोली मोन्टपेलिएरविरुद्ध मेस्सीले दुई गोल गर्दा केलियम एम्बाप्पे (पेनाल्टी)  र एन्जल डि मारियाले एक-एक गोल गरे ।  मेस्सीको दुबै गोलमा एम्बाप्पेले अन्तिम बल उपलब्ध गराएका थिए ।

यसअघि नै फ्रेन्च लिगको उपाधी जितेको पीएसजीको ३७ खेलबाट ८३ अंक छ । दोस्रो स्थानको मोनाको १५ अंकले पछि पर्दा पराजित मोन्टपेलिएर ४३ अंक जोडेर १३औं स्थानमा छ ।