logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

खगराज अधिकारीले भने- अर्थमन्त्रीले राजीनामा नदिएर कस्तो सुशासन कायम गर्न खोजेको ?


अंकुरण खबर
1.378K
Shares

प्रमुख प्रतिपक्षी दल एमालेका सांसद खगराज अधिकारीले आफूले बर्खास्त गरेका गभर्नर पुनर्बहाली भएर आउँदा अर्थमन्त्री जनार्दन शर्माले राजीनामा नदिएर कस्तो सुशासन कायम गर्न खोजेको भन्दै प्रश्न गरेका छन् ।

प्रतिनिधिसभा बैठकमा बुधबारबाट सुरु भएको आर्थिक वर्ष २०७९/८० को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) माथिको छलफलमा सहभागी हुँदै उनले आफूले बर्खास्त गरेका गभर्नर पुनर्बहाली भएर आउँदा राजीनामा नदिई बसेका अर्थमन्त्रीबाट सुशासन कायम हुन नसक्ने बताए ।

‘आफूले कारबाही गरेका गभर्नर पुनर्बहाली भएर आउँदा अर्थमन्त्रीले राजीनामा दिनुपर्दैन ? उहाँबाट कसरी सुशासन कायम हुन्छ ?,’ प्रश्न गर्दै पूर्वमन्त्री अधिकारीले भने, ‘उहाँ (अर्थमन्त्री)ले अर्थतन्त्र डामाडोल बनाउँदै हुनुहुन्छ ।’

पूर्वाग्रह छाडेर काम गर्नुपर्ने सुझाव दिँदै पूर्वस्वास्थ्यमन्त्री अधिकारीले स्वास्थ्य बिमाबाट धनीले मात्र लाभ लिइरहेकाले सुधार गर्नुपर्ने बताए ।