logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

ठूला सहरमा स्वतन्त्र उम्मेदवार अघि बढ्दा कांग्रेस प्रवक्ता भन्छन्– अपवादलाई लिएर पार्टीहरू असफल भए भन्न मिल्दैन


अंकुरण खबर
1.04K
Shares

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले देशका केही ठूला सहरमा स्वतन्त्र उम्मेदवार अघि बढेको कुरालाई लिएर पार्टीहरू असफल भए भन्ने निस्कर्ष निकाल्न नसकिने बताएका छन् ।

‘केही अपवाद जहिले पनि हुन्छ निर्वाचनमा । यतिधेरै स्थानीय तहहरु छन् । केही अपवादलाई लिएर पार्टीहरु असफल भए, नेपाली कांग्रेस असफल भयो भन्ने निस्कर्षमा पुग्न सकिदैन,’ सोमबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा कांग्रेस प्रवक्ता महतले भने ।

अपवाद काठमाडौं महानगरपालिकामा पनि देखिएको उनले जनाए । काठमाडौं महानगरपालिकाको मतगणनामा स्वतन्त्र उम्मेदवार बालेन शाह नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवारभन्दा निकै अगाडी रहेका छन् ।

धरान उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार विजयी बनिसकेका छन् । धनगढी उपमहानगरपालिकामा पनि स्वतन्त्र उम्मेदवार विजयी बनेका छन् । जनकपुर उपमहानगरपालिकामा पार्टीका उम्मेदवारभन्दा स्वतन्त्र उम्मेदवार निकै अगाडि रहेका छन् ।

‘के काराणले दलहरुसीत असन्तुष्ट छन्, खासगरी युवापुस्ता किन असन्तुष्ट छन् । उहाँहरुको भावनाहरु कसरी पार्टीले सम्बोधन गर्नुपर्छ । के कुराले उहाँहरुलाई बिझाइरहेको छ । कांग्रेस गतिशिल पार्टी हो, हामीले अनुभवबाट सिक्छौं । सिक्न र पाठ लिन कांग्रेस कहिल्यै चुक्दैन,’ प्रवक्ता महतले भने ।

स्वतन्त्र उम्मेदवार अघि बढेको कुरालाई नेपाली कांग्रेसले नोटिसमा लिएको उनले जनाए । कहाँ कहाँ कमजोरी भए निर्वाचनको सम्पूर्ण परिणाम आएपछि समिक्षा गरिने उनले बताए ।