logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

मकवानपुरका लामाद्वारा एन्फा केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता


अंकुरण खबर
1.495K
Shares

मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष टीकाराम लामाले अखिल नेपाल फुटबल संघ (एन्फा) को केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गराएका छन् । असार ६ गते हुने एन्फाको साधारणसभा तथा अधिवेशनका लागि उनले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गराएका हुन् ।

एन्फाका वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पाको प्यानलबाट उनले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका हुन् । शेर्पा र वर्तमान कार्यसमितिका उपाध्यक्ष पंकजविक्रम नेम्वाङले प्यानलसहित उम्मेदवारी दर्ता गराएका छन् ।

दोस्रो कार्यकालका लागि जिल्ला फुटबल संघको अध्यक्षमा निर्वाचित भएका लामाले जिल्ला र केन्द्रको बीचमा पुलको काम गर्न केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गराएको बताए ।