logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

यु-१७ एसियन कपः नेपालको समूहमा थाइल्यान्ड र भियतनाम


अंकुरण खबर
806
Shares

एएफसी यु-१७ एसियन कप छनोटमा नेपाल समूह ‘एफ’ मा परेका छ ।

एसियाली फुटबल महासंघ (एएफसी)ले मंगलबार सार्वजनिक गरेको समूहमा नेपाल सहित आयोजक भियतनाम, थाइल्याण्ड र चाइनिज ताईपे रहेका छन् ।

समूहको पहिलो खेलमा नेपालले १९ असोजमा थाईलान्डको सामना गर्नेछ । दोस्रो खेल भियतनामविरुद्ध २१ असोजमा हुनेछ ।

यस्तै तेस्रो तथा अन्तिम खेल २३  असोजमा चाइनिज ताईपेविरुद्ध हुनेछ । समूहको शीर्षस्थानमा रहने टोली सिधै छनोट हुनेछ भने दोस्रोमा रहनेले मौका पाउनेछ ।