logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

यु–२० फुटबलः नेपाल औषत समूहमा


अंकुरण खबर
1.014K
Shares

एएफसी यु–२० एसियन कप–२०२३ छनोट प्रतियोगितामा नेपाल समूह ‘बी’ मा परेको छ । एसियाली फुटबल महासंघ (एएफसी)ले मंगलबार सार्वजनिक गरेको समूहमा नेपालले औषत प्रतिद्वन्द्धी पाएको हो ।

नेपालको समूहमा कतार, बहराइन, बंगलादेश र भुटान रहेका छन् । बहराइनमा हुने प्रतियोगिता २५ भदौबाट सुरु भइ २ असोजसम्म हुनेछ ।

पहिलो खेल नेपालले २५ भदौमा भुटानविरुद्ध खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ ।  २७ भदौमा कतारसँग खेल्दा २९ भदौमा आयोजक राष्ट्र वहराइनसँग खेल्ने तालिका छ ।

यस्तै, अन्तिम खेलमा नेपालले २ असोजमा बंगलादेशको चुनौती पेश गर्नेछ । समूहको शीर्ष टिम सिँधै फाइनल चरणमा प्रवेश पाउनेछ । यस्तै दोस्रोको भने सम्भावना रहनेछ ।