logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पीएसजीले जापान भ्रमण गर्ने


अंकुरण खबर
1.534K
Shares

फ्रेन्च लिग च्याम्पियन पेरिस सेन्ड जर्मेन (पीएसजी)ले एसियाली मुलुक जापान भ्रमण गर्ने भएको छ ।

बिहीबार क्लबले समरमा जापान भ्रमण गर्ने बताएको हो ।

पीएसजीले आफ्नो पहिलो टिम नै जापान भ्रमण गर्ने बताएको छ । उसले २०२२–२३ सिजन अघि आफ्ना फ्यानसँग भेट गर्न भ्रमण हुने जानकारी गराएको छ ।

पीएसजीले आफ्नो पहिलो टिमका स्टार खेलाडी लियोनल मेस्सी, नेयमार र केलियन एम्बाप्पे सहित सर्जियो रामोस र मार्किन्होस टिमसँगै रहने संकेत गरेको छ ।

यस सिजन क्लबले ३८ खेलमा ८६ अंक जोड्दै फ्रेन्च लिगको उपाधि जितेको थियो । यद्यपि क्लब च्याम्पियन्स लिगमा भने सेमिफाइनलाबाटै बाहिरियो ।