logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

फ्रेन्च ओपन: जोकोभिच र नाडाल चौथो चरणमा


अंकुरण खबर
1.118K
Shares

स्लोभाकियाका एल्जाज बेडेनीमाथि ६-३,६-३,६-२ को सहज जितसहित साविकको विजेता नोभाक जोकोभिच फ्रेन्च ओपनको चौथो चरणमा प्रवेश गरेका छन् । यससँगै जोकोभिच र १३ पटकका फ्रेन्च ओपन विजेता राफेल नाडालबीच क्वार्टरफाइनलमा भेट हुने सम्भावना  प्रबल रहेको छ ।

नाडालले शुक्रबार राति चौथो चरणमा प्रवेश गर्ने क्रममा  बोटिक भान डी जान्स्लुपमाथि ६-३,६-२,६-४ को जित निकाले । नाडालले चौथो चरणमा आइतबार क्यानडाका फेलिक्स औगर अलियास्मीसँग प्रतिस्पर्धा गर्नेछन् ।

नाडाल गत संस्करणको फाइनलमा जोकोभिचसँग पराजित भएका थिए । करङको चोटका कारण करिब दुई महिना कोर्ट बाहिर रहेका नाडाल अहिले विरियताको पाँचौ स्थानमा छन् ।

जोकोभिचले भने अन्तिम १६ मा अर्जेन्टिनाका डिएगो स्वार्चम्यानसँग प्रतिस्पर्धा गर्नेछन् ।