नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई धम्भी र अहंकारी भएको आरोप लगाएका छन्।
‘उहाँको दम्भ र अहंकारका कारण अन्य कार्यकर्तासँग मिलेर काम गर्न सकिने वातावरणसमेत छैन,’ उनले भने।
प्रतिनिधिसभाको बैठकमा बोल्दै प्रचण्डले ओलीको दम्भ र अहंकारका कारण अन्य कार्यकर्तासँग मिलेर पनि काम गर्न सकिने वातावरण नरहेको बताए।
ओली बाहेक नेकपा एमालेका अन्य धेरै नेता कार्यकर्ताप्रति आफ्नो भरोसा छ, विश्वास रहेको प्रचण्डले भने।
ओलीमा अहंकार र दम्भ नहुने हो भने अरु सबै नेकपा एमालेका कार्यकर्तासँग मिलेर काम गर्न कठिन नहुने प्रचण्डले भने।