रियल मड्रिडले १४ औंपटक युइएफए च्याम्पियन्स लिगको उपाधि जितेको छ ।
गएराति इंग्लिस क्लब लिभरपुललाई १–० ले हराउँदै मड्रिडले १४ औंपटक च्याम्पियन्स लिगको उपाधि जितेको हो ।
पछिल्लो ९ सिजनमा रियलले पाँचौंपटक च्याम्पियन्स लिग उपाधि जितेको हो ।
पेरिसमा भएको खेलमा भिनिसियस जुनियरको गोल निर्णायक सावित भयो ।
निकै प्रतिस्पर्धात्मक र रोमाञ्चक खेलमा दुवै टोलीले केही अवसर खेर फाल्दा गोल गर्ने मौका गुमाए ।