logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बेसीसहरमा २१ जेठदेखि पहिलो पटक वडास्तरीय फुटसल प्रतियोगिता हुने


अंकुरण खबर
988
Shares

लमजुङ सदरमुकाम  बेसीसहरमा यही २१ जेठदेखि पालिका वडास्तरीय फुटसल प्रतियोगिता हुने भएको छ ।  लमजुङ फुटसलले पहिलो पटक वडास्तरीय फुटसल प्रतियोगिता आयोजना गर्न लागेको हो । समय समयमा विभिन्न उमेर समूहमा फुटसल टुर्नामेन्ट आयोजना गर्दै आएको लमजुङ फुटसलले खेलकुदमा युवालाई प्रवेश गराउने तथा स्थानीय स्तरमा रहेको युवाहरुको प्रतिभा उजागर गर्ने मुख्य उद्देश्य लिई प्रतियोगिता आयोजना गर्न लागेको हो ।

प्रतियोगिता संयोजक इन्द्र रानाले प्रतियोगिताले खेलाडी छनौटसँगै स्वस्थ समाजको निर्माणमा योगदान पुर्‍याउने विश्वास व्यक्त गरे । २१ र २२ जेठमा दुई दिने हुने प्रतियोगितामा विजेता टिमले नगद ७० हजार रुपैया पाउने आयोजकले जनाएको छ ।

यसैगरी द्वितीय पुरस्कार नगद ३० हजार रुपैया र सर्वोत्कृष्ट खेलाडीलाई २५ सय रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ । प्रतियोगितामा सहभागी हुन चाहनेले यही २० जेठसम्म टिम दर्ता गराउनुपर्नेछ । दर्ता शुल्क ८ हजार रुपैयाँ ताेकिएको छ ।

प्रतियोगितामा एउटै वडाबाट तीन टिम सहभागी भएमा एक टिमलाई दर्ता नि:शुल्क गरिनेछ भने एक वडाका खेलाडी अर्को वडाबाट खेल्न नपाइने आयोजक लमजुङ फुटसलले जनाएको छ ।