logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

काठमाडौं, धरान र धनगढीको निर्वाचनले वैकल्पिक शक्ति जनचाहना भएको पुष्टि भयाे – राप्रपा प्रवक्ता


अंकुरण खबर
897
Shares

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रवक्ता सगुनसुन्दर लावतीले पार्टीलाई वैकल्पिक शक्तिको रूपमा अहोरात्र खट्दै स्थापित गर्ने दाबी गरेका छन् ।

स्थानीय तह निर्वाचनले जनताले विकल्प खोजेको स्पष्ट पारेको भन्दै क्रमशः जनलहर ल्याउँदै राप्रपालाई देशको वैकल्पिक शक्ति स्थापित लावतीले बताएका हुन् ।

‘जनताले विकल्प खोजेका छन् । त्यसको पुष्टि काठमाडौं, धरान र धनगढीमा स्वतन्त्र उम्मेदवारलाई आएको जनमतले गरेको छ’, उनले न्युज कारखानासँग भने, ‘राप्रपाले निक्र्योल गरेको वैकल्पिक शक्ति अहोरात्र खट्दै जनतामार्फत स्थापित गर्छौँ ।’

संस्थापकहरूले पार्टीको राष्ट्रवादी छबिको विरासत छाडेकाले त्यसलाई बचाउँदै निरन्तर पार्टीलाई देश र जनताको हितमा समर्पित गरेर आगामी सङ्‍घीय र प्रदेश संसद्को निर्वाचनमा पार्टीप्रति जनलहर ल्याउने लावतीको दाबी छ ।

आजै राप्रपाले ३३ औँ स्थापना दिवस पनि मनाएको छ । दिवसको अवसरमा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले काठमाडौंको चाबहिलमा पार्टीको झण्डोत्तलन गरेका थिए ।

पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा दिउँसो चियापान कार्यक्रम आयोजना गरेको पनि प्रवक्ता लावतीले बताए ।

देशभरका जिल्ला समितिहरूले पनि स्थापना दिवस मनाएका छन् ।