इन्टरनेट सेवालाई सर्वसुलभ रूपमा उपलब्ध गराउन सरकारले इन्टरनेट सेवा शुल्क घटाउने घोषणा गरेको छ ।
आइतबार अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष ०७९र८० को बजेट भाषणमा इन्टरनेट सेवा शुल्क घटाउने घोषणा गरेका छन ।
सरकारले ल्याएको ‘नेपाल सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक’ मा सरकारले दूरसञ्चार सेवा दस्तुर (टीएससी) ३ प्रतिशतले घटाउने उल्लेख छ ।
तर, प्रयोगकर्ताले तिर्नुपर्ने इन्टरनेट महसुल सस्तिनेमा अझै आशंका छ ।