logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

यु-१९ महिला क्रिकेट टिमको बिदाइ


अंकुरण खबर
2.691K
Shares

नेपाल क्रिकेट संघ (क्यान)ले मलेसिया प्रस्थान गर्ने यु-१९ महिला क्रिकेट टिमको बिदाइ गरेको छ ।

क्यानले यसअघि नै विश्वकप छनोटका लागि १७ खेलाडी छनोट गरेको थियो । सन् २०२३ मा दक्षिण अफ्रिकामा हुने विश्वकपको छनोटका लागि नेपाली टिम मलेसिया प्रस्थान गर्दै छ ।

क्यानका अध्यक्ष चतुरबहादुर चन्द, कार्यबाहक सचिव प्रशान्तविक्रम मल्ल र कोषाध्यक्ष रोशनकुमार सिंह लगायतले खेलाडीलाई बिदाइ गरे ।

छनोटमा नेपालसँगै मलेसिया, यूएई, थाइल्यान्ड, चीन, भुटान, म्यानमार र कतार सहभागी हुन् ।

नेपाली टिमः

कृतिका मरासिनी (कप्तान), किरण कुँवर, सोनु राजवंशी, टीका साह, सृष्टि धामी, साविधी धामी, एलिसा यादव, रन्जु श्रेष्ठ, अन्जली विक, हिरान्मायी रोय, एलिसा खडिया,  मिनिसा उपाध्याय, स्नेहा महरा, निसा साह, मिनिसा राना मगर, प्रतिमा साह, ज्योतिनिस्का मरासिनी र मनिषा चौधरी