logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

इटालीलाई हराउँदै अर्जेन्टिना च्याम्पियन


अंकुरण खबर
676
Shares

अर्जेन्टिनाले इटालीलाई पराजित गर्दै फाइनलसिमा २०२२ को उपाधि जितेको छ ।

वेम्बली स्टेडियममा बुधबार राति इटालीलाई ३(० गोल अन्तरले हराउँदै अर्जेन्टिना उपाधिले जितेको छ ।

अर्जेन्टिनालाई जित दिलाउन लाउटरो मार्टिनेज, एन्जल डी मारिया र पाउलो डिबालाले एक एक गोल गरे ।

फाइनलसिमामा युरोकप च्याम्पियन र कोपा अमेरिका च्याम्पियनबीच प्रतिस्पर्धा हुने गर्दछ।

यसअघि पछिल्लो पटक युरो विजेता र कोपा विजेताबीच सन् १०९३ मा अट्रेमिओ–फ्रान्ची कपको नाममा खेल भएको थियो ।

जसको उपाधि तत्कालीन  कोपा विजेता अर्जेन्टिनाले जितेको थियो ।

त्यसअघि सन् १९८५ मा युरो विजेता र कोपा विजेताबीच पहिलो पटक कन्मेबोल–युइएफए कप अफ च्याम्पियनसिप खेलेका थिए ।