नेपाली राष्ट्रिय फुटबल टोलीओमानसँग पराजित भएको छ ।
कतारको दोहास्थित सुहिम बिन हमाद स्टेडियममा भएको अभ्यास खेलमा नेपालले ओमानसँग २ – ० को हार व्यहोरेको हो ।
एएफसी एसियन कप छनौटका लागि थप अभ्यास र तयारी गर्न कतारमा रहेको नेपाली टोलीले फिफा बरियताको ७५औँ स्थानमा रहेका ओमानसँग २–० को हार व्यहोरेको हो ।
खेलमा ओमानका लागि पहिलो हाफको अन्तिमतिर अल– मलिकीले पहिलो गोल गरे । त्यस्तै दोस्रो हाफमा इसाम अल सुभीले दोस्रो गोल गरेका थिए ।
यसअघि दुई अध्यास खेल खेलेको नेपालल टिमोर लेस्टेसँग २–२ र श्रीलंकासँग १–१ को नतिजा निकालेको थियो ।
एएफसी एसियन कप छनौटतर्फ समूह ए मा रहेको नेपालले जुन ८ तारीखका दिन जोर्डनसँग , साथै ११ जुनका तारीखका दिन आयोजक कुवेत तथा १४ जुनका दिन इण्डोनेसियासँग खेल्ने तालिका छ ।