logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

तयारी नपुगेको भन्दै माओवादी केन्द्रको पूर्वस्थायी कमिटी सदस्यहरूको बैठक स्थगित


अंकुरण खबर
663
Shares

नेकपा (माओवादी केन्द्र)का पूर्वस्थायी कमिटी सदस्यहरूको बोलाइएको बैठक तयारी नपुगेको भन्दै स्थगित भएको छ ।  बैठक आज दिउँसो ३ बजे बोलाइएको थियो ।

पूर्वस्थायी कमिटी सदस्य गणेश साहले तयारी नपुगेका कारण बैठक स्थगित गरिएको र भोलि बिहान ८ बजे बस्‍ने भएको जानकारी दिए । उनका अनुसार केही नेता

बैठकमा सहभागी हुन आइनपुग्‍ने स्थिति पनि बैठक सार्नुको अर्को कारण हो ।  बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्‍नेछ ।

नेता साहले स्थानीय तह निर्वाचनको समीक्षा र जनप्रतिनिधिहरूले दिएका सुझावबारे छलफल गर्न बैठक बोलाइएको बताए ।