logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

महिला क्रिकेटः १९ खेलाडी बन्द प्रशिक्षणमा


अंकुरण खबर
1.378K
Shares

एसीसी महिला टी-२० च्याम्पियनसिपका लागि नेपाल क्रिकेट संघ (क्यान) ले १९ जना खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ ।

शनिबार प्रतियोगिताको तयारी लागि क्यानले पहिलो चरणमा १९ खेलाडी बन्द प्रशिक्षणमा बोलाएको हो । १९ खेलाडीमध्ये १५ खेलाडी राष्ट्रिय टिममा छनोट हुने क्यानले जनाएको छ ।

च्याम्पियनसिपको समूह ‘बी’ मा नेपालसँगै हङकङ, कुवेत, भुटान र बहराइन छन् ।

मलेसियामा हुने प्रतियोगितामा नेपालले जुन १७ मा भुटानविरुद्ध खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ । यस्तै, नेपालले दोस्रो खेल कुवेतविरुद्ध जुन १८ मा खेल्दा जुन २० मा बहराइनविरुद्ध तेस्रो र जुन २१ मा हङकङविरुद्ध खेल्ने तालिका छ ।

बन्द प्रशिक्षणमा डाकिएका खेलाडीः
रुविना क्षेत्री, इन्दु वर्मा, सीता रानामगर, ज्योती पाण्डे, काजोल श्रेष्ठ, कविता कुवर, अप्सरी बेगम, कविता जोशी, डोली भट्ट, सबनम राई, सरिता मगर, रोमा थापा, संगिता राई, अस्मिना कर्माचार्य, मनिषा उपाध्याय, विन्दु रावल, ममता चौधरी, रेखा रावल, इश्वरी विष्ट