logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कामना सम्मिलित पुलिस सेमिफाइनलमा पराजित


अंकुरण खबर
585
Shares

नेपाली राष्ट्रिय महिला भलिबल टोलीकी सदस्य कामना बिष्टसम्मिलित माल्दिभ्स पुलिस क्लब माल्दिभ्स भलिबल एसोसिएसन कप २०२२ को सेमिफाइनलबाट बाहिरिएको छ । सोमबार राति सेमिफाइनलमा पुलिस क्लब वाम्कोसँग ३–२ को सेटमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको हो । यसअघि टिम अपराजित रहँदै शीर्ष चारमा स्थान बनाएको थियो ।

माल्दिभ्स पुलिसले पहिलो सेट १५–२५ र दोस्रो सेट २१–२५ ले गुमाएको थियो । यसपछि पुनरागमन गर्दै  तेस्रो सेट २५–२१ र  चौथो सेट २५–२२ ले आफ्नो पक्षमा पार्दै सेट २–२ को बराबरीमा पार्‍याे । तर, निर्णायक सेट ५–१५ ले गुमाउँदा पहिलो हार बेहोर्दैै प्रतियोगिताबाट बाहिरियो ।

यस्तै, अर्को सेमिफाइनलमा क्लब इगलले विजयी हुँदै फाइनलमा स्थान बनाउन सफल भयो ।

प्रतियोगितामा नेपाली खेलाडी उषा भण्डारीसहित कामना माल्दिभ्स पुगेका थिए । उषा सम्मिलित धिवेही सिफाइन्ज क्लब भने समूह चरणबाट अगाडि बढ्न सकेन । दुबै खेलाडीले पहिलो पटक विदेशी लिग खेलेका हुन् ।