logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

नेपाली फुटबल टिमलाई कठिन परीक्षा


अंकुरण खबर
1.209K
Shares

एएफसी एसियन कप २०२३ को तेस्रो चरणको छनोटका खेलहरू भोलिबाट सुरू हुँदैछन्।

नेपालले आफ्नो पहिलो खेल भोलि राति जोर्डनसँग खेल्दैछ। नेपाल रहेको समूह ‘ए’ मा कुवेत, जोर्डन र इन्डोनेसिया छन्।

जोर्डनसँगको खेल भोलि राति एक बजे कुवेत सिटीमा हुनेछ।

टिममा युवा खेलाडीको बाहुल्यता भएको र कतिपय खेलाडी पहिलो पटक विदेशी भूमीमा खेल्दैछन्।

तुलनात्मक रूपमा नेपाली टिम समूहमा कमजोर छ। नेपाल फिफा वरीयतामा १६८औं स्थानमा छ। जोर्डन ९१औं, कुवेत १४६औं र इन्डोनेसिया १५९औं स्थानमा छन्।

जोर्डनसँग भोलि राति प्रतिस्पर्धा गरेपछि नेपालले २८ जेठमा कुवेत र ३१ जेठमा इन्डोनेसियासँग प्रतिस्पर्धा गर्नेछ।

सन् २०२३ मा चीनमा हुने एसिया कपमा छनोट हुन समूहमा शीर्ष स्थानमा रहनु पर्नेछ। दोस्रो हुने टिमको पनि छनोट हुने सम्भावना हुनेछ।