एएफसी एसियन कप २०२३ को तेस्रो चरणको छनोटका खेलहरू भोलिबाट सुरू हुँदैछन्।
नेपालले आफ्नो पहिलो खेल भोलि राति जोर्डनसँग खेल्दैछ। नेपाल रहेको समूह ‘ए’ मा कुवेत, जोर्डन र इन्डोनेसिया छन्।
जोर्डनसँगको खेल भोलि राति एक बजे कुवेत सिटीमा हुनेछ।
टिममा युवा खेलाडीको बाहुल्यता भएको र कतिपय खेलाडी पहिलो पटक विदेशी भूमीमा खेल्दैछन्।
तुलनात्मक रूपमा नेपाली टिम समूहमा कमजोर छ। नेपाल फिफा वरीयतामा १६८औं स्थानमा छ। जोर्डन ९१औं, कुवेत १४६औं र इन्डोनेसिया १५९औं स्थानमा छन्।
जोर्डनसँग भोलि राति प्रतिस्पर्धा गरेपछि नेपालले २८ जेठमा कुवेत र ३१ जेठमा इन्डोनेसियासँग प्रतिस्पर्धा गर्नेछ।
सन् २०२३ मा चीनमा हुने एसिया कपमा छनोट हुन समूहमा शीर्ष स्थानमा रहनु पर्नेछ। दोस्रो हुने टिमको पनि छनोट हुने सम्भावना हुनेछ।