मलेसियामा जारी आईसीसी यू–१९ महिला टी–२० विश्वकप एसिया छनोटमा अर्को हार व्यहोरेपछि नेपालको विश्वकपमा पुुग्ने सम्भावना समाप्त भएको छ ।
नेपाल थाइल्यान्डसँग ४९ रनले पराजित भए सगै सपना अधुरै भएको छ ।
दुई हार बेहोरेपछि नेपालको आगामी वर्ष दक्षिण अफ्रिकामा हुने विश्वकपमा खेल्ने सपना टुहियो ।
जितको लागि ९० रनको विजयी लक्ष्य पछ्याएको नेपाल १९.५ ओभरमा ४० रनमा अल आउट भयो । नेपालकी सृष्टि जैशीले ७ रन बनाउनु नै टोलीको तर्फबाट उच्चतम योगदान बनेको थियो । यस्तै, साना प्रविनले ६ रन बनाइन् ।यसैगरी, अञ्जली विश्वकर्मा ३, अनु कडायत ५, कृतिका मरासिनी ३, मनीषा उपाध्याय ३, रञ्जु श्रेष्ठ र स्नेहा महरा १–१ रनमा आउट भए ।सनु राजवंशी र अश्मा पुलामी मगर भने शून्यमा आउट भए ।
नेपालकी स्पिनर मनीषाले ४ ओभरमा १४ रन खर्चेर २ विकेट लिइन् । कप्तान कृतिकाले ४ ओभरमा १५ रन खर्चेर २ विकेट लिइन् । स्नेहा महराको नाममा १ विकेट रह्यो ।
६ देश सहभागी प्रतियोगिताबाट विश्वकपमा छनोट हुने सम्भावनामा यूएई र थाइल्यान्डमध्ये एकको रहेको छ ।