logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

मलेसियाविरुद्ध ब्याटिङ गर्दै नेपाल :आईसीसी महिला यु–१९ विश्वकप छनोट


अंकुरण खबर
819
Shares

आज आईसीसी यु–१९ महिला विश्वकपको एसियाली छनोटमा मलेसियाविरुद्ध नेपाल पहिले ब्याटिङ गर्ने भएको छ ।

अघिल्लो दुई खेलमा पराजित भएपछि नेपालको विश्वकपको सम्भावना  भने समाप्त भएको छ ।

मलेसियाका बांगीस्थित यूकेएम–वाईएसडी क्रिकेट ओभलमा नेपाल नेपालकी कप्तान कृतिका मरासिनीले टस जितेर ब्याटिङ गर्ने निर्णय लिएकी हुन् ।

नेपाल यसअघि युनाइटेड अरब इमिरेट्स (यूएई)सँग १० विकेट र थाइल्यान्डसँग ४९ रनले पराजित भएको थियो । नेपालले भुटानलाई ४ विकेट र कतारलाई ७९ रनले पराजित गरेको थियो ।